गुनासो

वित्तीय ग्राहक संरक्षण

यस युनिक वित्तीय संस्थाले प्रवाह गर्ने सेवा बारेमा यस वित्तीय संस्थाबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रही सबै सदस्यहरूलाई निष्पक्षता, विश्वसनियता र पारदर्शिता सुनिश्चित गर्न तथा ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाइ गरी उचित व्यवस्थापन गर्न यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा गुनासो सुनुवाइ इकाइ रहेको छ । यस संस्थाबाट वित्तीय सेवा लिइरहेका ग्राहकको गुनासो यस इकाईले सुनुवाइ गर्ने गर्दछ ।

गुनासो दर्ता गर्ने प्रक्रियाः

यस वित्तीय संस्थाको वेबसाइट www.uniquenepalmicrofinance.com.np मा जाने ।

  • आफुले वित्तीय सेवा लिइरहेको वा लिन चाहेको बारेमा कुनै गुनासो, राय सुझाब भए दर्ता गर्ने।
  • गुनासोको अन्तिम जवाफ/निर्णय इमेलमा प्राप्त गर्ने।

देहाय अनुसारका गुनासाहरु यस इकाईबाट सम्बोधन हुने छैन

  • गुनासो कर्ताको नाम, सम्पर्क नं, इमेल, तथा अन्य विवरण गलत भई गुनासो कर्तालाई सम्पर्क गर्न नसकिने गुनासोहरु
  • अस्पष्ट र अपूर्ण विवरण भएका गुनासोहरु
  • कुनै पनि अदालत, न्यायाधिकरण वा मध्यस्थतामा विचाराधीन गुनासोहरु
  • अन्य निकायलाई सम्बोधन गरिएको गुनासोहरु
  • यस वित्तीय संस्थासँग असम्बन्धित व्यक्ति तथा संस्थाहरुको गुनासोहरु
  • अपमानजनक, घृणा वा द्वेष बुझाउने प्रकृतिका गुनासोहरु
  • यस वित्तीय सस्थाका सेवाग्राहीहरुको आन्तरिक तथा पारिवारिक मामिलासँग सम्बन्धित गुनासोहरु

हाम्रो सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय कोहलपुर

कोहलपुर ११ न्युरोड, बाँके

०८१-५४०२१३ | टोल फ्री नम्बर- १६६०८१५४०८१

इमेल ठेगाना: info@unlbsl.com.np

गुनासो व्यवस्थापन अधिकारी

नाम : मदन चौधरी

गुनासो सुनुवाइ अधिकारी

फोन नम्बर : ०८१-५४०२१३

Ext: ११०

मोबाइल नम्बर : ९७७-९८०१२२२७१२

इमेल ठेगाना : ‍‍‍‍‍‍‍gunaso@unlbsl.com.np